२०८१ मङ्सिर १७ गते सोमवार

प्रहरीको सुरक्षामा अस्पताल लगिएका थुनुवा फरार

जनकपुरधाम,चैत २४ । महोत्तरी प्रहरीको सुरक्षामा अस्पताल आएका एक थुनुवा फरार भएका छन्।

कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव जनकपुरधामस्थित एक अस्पतालबाट फरार भएका छन्।

थुनुवाको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटल ल्याइएकोमा अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *