२०८३ बैशाख ३ गते बिहिवार

स्कूलबसको ठक्करबाट विद्यार्थीको मृत्यु

प्युठान,चैत २४ । एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट प्युठानमा एक विद्यार्थीको मृत्यु भएको छ।

आज शुक्रबार परीक्षा दिएर फर्कने क्रममा बेल्वास मावि तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको हो।

विद्यानन्द मावि गोठिवाङ जुडापाटा केन्द्रबाट परीक्षा दिएर फर्किँदै गरेका उनी सवार लु ६६ प ५३४९ नम्बरको मोटरसाइललाई लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका-४ गोठिवाङमा ठक्कर दिएको थियो।

घाइते भएका प्रतीकको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *