२०८२ जेष्ठ ३० गते शुक्रवार

रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु

दाङ, चैत २४ । रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको परिवर्तन गाउँपालिका – १ कुरेलीका ४५ बर्षीय बुद्धिबल बुढा मगरको घर नजिकै भिरबाट लडेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनी बिहीबार बिहान १० बजेतिर उनी घरदेखि दक्षिण दुई किलोमिटरको दुरीमा रहेको रिमुली गैरा जंगलमा एक्लै झ्याँक्रा काट्न भनेर गएका थिए ।

बेलुका अबेरसम्म पनि उनी घर फर्किएर नआएपछि आफन्त तथा स्थानीय जंगलमा खोज्न गएका थिए ।

राति दश बजेतिर सोही जंगलको एक भिरभन्दा १५ मिटर मुनी खसेर घाइते मगरलाई उद्धार गरि घर लगिएको थियो ।

त्यसपछि उपचारका लागि जिल्ला अस्पताल रेउघा तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *