२०८२ असार ७ गते आइतवार

राप्ती नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता


तुलसीपुर,चैत २३ । दाङ देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा एक बालक बेपत्ता भएका छन् ।

आज बिहिवार दिउँसो ४ बजेको समयमा राप्ती गाउँपालिका–१, भालुवाङ स्थित राप्ती नदीमा नुहाउने क्रममा बालक बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानको झिमरूक गाउँपालिका-८, टिमुरेचौरका रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बेपत्ता भएको इलाका प्रहरी भालुवाङले जनाएको छ ।

बेपत्ता बालकको खोजी कार्य जारी छ । बालकलाई सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङका सशस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी जवान र स्थानीयले खोजी कार्य तीब्र बनाएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *