लक्ष्मण बस्नेत,तुलसीपुर ,चैत २२ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
दाङको तुलसीपुरमा भएको साधारणसभाले संघले वार्षिक रुपममा गरेका महत्त्वपुर्ण निर्णय ,कार्यसम्पादन आर्थिक तथा प्रगती प्रतिवेदन,आगामी कार्ययोजना लगाएतमा बृहत छलफल गरि पारित गरेको छ ।
संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको सभाले संघको कार्यसमितिमा रिक्त रहेका ३ उपाध्यक्ष र ६ सदस्य पदमा लुम्बिनी प्रदेशका १२ जिल्लाको प्रतिनिधित्व हुने गरि मनोनित गरेको छ ।
मनोनित हुनेमा उपाध्यक्षमा ललित बहादुर घर्ती, दिपेन्द्रमान श्रेष्ठ,महेश थापा रहेका छन ।
त्यस्तै सदस्यहरुमा दिपक कुमाल,मोहन ओलि,श्याम भट्टराई,राम प्रकाश थारु,निगज कार्की र लोकेन्द्र सिंह रहेका छन ।
त्यस्तै सभामा कस्मिर ईन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा पियर पुम्से बिधामा स्वर्ण पदक बिजेता रिमोट झाक्री,बिरेन्द्र डागी,मलेशियन अन्तराष्ट्रीय तेक्वान्दोमा कास्य पदक बिजेता सुनिता बिष्ट,नेपाल तेक्वान्दो संघले आयोजना गरेको प्रथम माउन्टेन जिसिएस अन्तर्राष्ट्रिय प्रतियोगिताको पुम्से महिला ग्रुपमा कास्य पदक बिजेता निशा पुनमगर,रियाशा यादब, दिपिका कार्कीलाई सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष जित बहादुर केसीको स्वागत रहेको सभामा संघका महासचिव बिनिल केसीले वार्षिक प्रगती तथा कोषाध्यक्ष मोहन सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अबसरमा प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेस खेलकुद परिषदका कोषाध्यक्ष कोसिस बहादुर खड्का, बिशिस्ट अतिथी लुम्बिनी प्रदेस खेलकुद परिषदका सदस्य टेक बहादुर बिक,राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुमन कुमार घले, सदस्य भिमलाल बिश्वकर्मा,बाके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने,लुम्बिनी प्रदेश कराते महासंघका अध्यक्ष पदम बहादुर बस्नेत, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन संघका महासचिव बिनिल केसीले गरेका थिए ।