दाङ, चैत २२ । शिक्षकका बिरुद्ध एक छात्राले बलात्कार सम्बन्धनी मुद्दा दिएपछि शान्तिनगरका एक शिक्षक फरार भएका छन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ७ को शिबशक्ति माबि धनौरीका शिक्षक ३५ बर्षीय शिक्षक खुमानन्द पौडेल फरार भएका छन् ।
पौडेल माथि सोही बिद्यालयमा कक्षा १० मा अध्यनरत एक १६ बर्षीया छात्राले बलात्कार सम्बन्धी मुद्दा हालेकी थिइन ।
चैत २० गते राति सवा नौं बजेतिर शिक्षक पौडेलले भ¥याङ मुनी आँफुलाई बलात्कार गरेको पीडित छात्राको जाहेरीमा उल्लेख रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ७ की ती छात्राले घटनाको चैत २१ गते आफ्ना अभिभावकसहित इप्रका तुलसीपुरका पुगेर शिक्षक पौडेल बिरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
फरार शिक्षकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार