२०८३ बैशाख २ गते बुधवार

सल्यानमा गोली लागेर एक बालिकाको मृत्यु, थप एकको अवस्था गम्भीर


दाङ, चैत २१ । सल्यानमा भरुवा बन्दुक पड्किदा एक बालिकाको मृत्यु भएको छ । थप एक बालिकाको अवस्था गम्भीर छ । उनको उपचार काठमाडौंमा भइरहेको छ । प्रहरीका अनुसार घाइते थप दुई जना भने उपचार पछि घर फर्किएका छन् ।


सोमबार बेलुका ६ बजेतिर जिल्लाको कालिमाटी गाउँपालिका– ७ की ९ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । अर्की ५ बर्षीया बालिका यमुना आलेको अवस्था गम्भीर रहेको छ । उनलाई बाँकेबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।


जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले यमुनालाई थप उपचारका लागि बाँकेबाट काठमाडौं लगिएको जानकारी दिए ।


घटनाका अन्य दुई घाइते मध्य स्थानीय ३ वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजले डिस्चार्ज भइएकी हुन भने अर्का घाइते बालक ८ वर्षीय तेजेन्द्र आलेको स्थानीय स्तरमै उपचार भइ रहेको छ ।


सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका बालबालिकालाई भरुवा बन्दुरकको छर्राहरु लागेको थियो ।
बेलबहादुर पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *