शर्मिला डिसी,तुलसीपुर,चैत २१ । बालमैत्री सूचकका विषयमा वडास्तरीय सरोकारवालाहरु लाई अभिमुखीकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ मा सोमवार सम्पन्न भएको छ ।
वडा अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष वलीले वडामा बालबालिका र स्वास्थ्य सम्वन्धी अधिकांश सूचक पुराभएको र अन्य केहि वाँकी सूचकका वारेमा गम्भिरता पुर्वक लागी पर्ने बताए ।
जसका लागि वडा कार्यालय सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना र यूनिसेफ नेपालको आर्थिक सहयोगका भएको कार्यक्रममा तुलसीपुर उप महाँनगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालमैत्री स्थानीय शासन, उदेश्य ,बालअधिकार ,बालबालिकाको हुन , बालमैत्री सूचक, बालबालिका सम्वन्धि कानुन लगाएतको वारेमा प्रकाश पारेका थिए ।
वडा सदस्य तुलप्रसाद खरालले स्वागत र सहजिकरण वडा कार्यालयका सचिव शम्भु प्रकाश शर्माले गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका २५ वढी सरोकारवाला व्यक्तिको सहभागीता रहेको थियो ।
बालमैत्री स्थानिय तह वनाउने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास उप महाँनगरपालिका भित्र रहेका विभिन्न वडामा कार्यक्रम गर्दै आएको छ ।
अवको ७ वर्ष भित्रमा सवै स्थानिय तहहरु बालमैत्री घोषणा गर्ने सरकारको लक्ष्य रहेको र त्यसै अनुरुप स्थानिय तह परेका छन । हालसम्म देशभर २२ वटा स्थानिय तहहरु मात्रै बालमैत्री घोषणा भएका छन ।