प्रमोद आचार्य, दंगीशरण,चैत २० । दंगीशरणमा ३ दिने पत्रकारिता, लेखन सिप तालिम शुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आर्थिक आइतबारदेखि पत्रकारीता तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले राज्यको चौथो अंगको रुपमा परीचित पत्रकार जगतले समाजको यथार्थ चित्रणलाइ बाहिर ल्याउन सक्नु पर्ने बताए ।
यस्तै अध्यक्ष गिरीले पत्रकार निश्पक्ष तथा स्वतन्त्र हुनु पर्ने बताउदै पत्रकारले राम्रोलार्इ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले पत्रकारीता पेसामा लाग्नु पुर्ब पत्रकारीताको धर्म मर्म र कर्तब्य बुझेर पत्रकारिता पेसामा लाग्न आग्रह गरिन् ।
पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा काम र नराम्रा सबैको सत्य र तथ्य कुरा उठान गर्दै समाजलाइ सुशुचित गर्ने दिशा तर्फ अग्रसर रहन प्रशिक्षार्थिहरुलाई आग्रह गरिन् ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले पछिल्लो समय पत्रकार सरकारी निकायको प्रतीपक्ष जस्तो भुमिकामा देखा पर्नु पत्रकारीताको मर्म भित्र नरहेको उल्लेख गरे ।
पत्रकारले चलाएको कलमले समाजमा सकारात्मक छाप छोड्न सक्नुपर्ने बताए । तालिमको पहिलो दिन पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले प्रशिक्षण दिएका थिए ।
दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्वमा सम्पन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण पालिकाका प्रेस सयोजक प्रमोद आचार्यले गरेका थिए ।