तुलसीपुर,चैत १८ । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मितेरी युवा क्लव तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला,प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए । उनका अनुसार सांस्कृतिक कार्यक्रमको उद्धघाटन भने चैत ३० गते गरिने छ ।
उक्त कार्यक्रममा ५ लाख रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको छ । त्यसबाट संकलित रकम मध्ये केही रकम छुट्याएर खेलक्षेत्रको विकासका लागि तुलसीपुरको अरणीको मैदानमा ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको आयोजना गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीले बताए ।
‘स्वास्थ्य,शिक्षा,सुचना हाम्रो अभियानःकला संस्कृति र भेषभुषा,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा चर्तित गायीका ज्योती मगर,प्रिति आले,एलिना चौहान,गायक कृष्ण रेउले,गायीका सिर्जना खत्री,अनु चौधरी,गायक कुलेन्द्र विश्वकर्मा,टंक तिमिल्सीना,हास्यकलाकार विष्णु सापकोटा(हर्के हवल्दार) गायक चक्र बम,बालगायक सुप्रिम मल्ल्,गायक क्रिश क्षेत्री,गायीका अञ्जु कुसुम्या,गायक सालिकराम चौधरी लगाएको सहभागिता रहने छ ।
त्यस्तै कार्यक्रममा तुलसीपुर डाँस आइडल २०७९का बिजेताहरु,जेविका रेउले,सञ्जु क्षेत्री,सन्द्यया राना,जिबा बुढाथोकी लगाएत विभिन्न कलाकारहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण मितेरी युवा क्लवका सदस्य तिलक राज वलिले गरेका थिए । साथै उक्त कार्यक्रममा बाल उद्यान,खाजा–नास्ताका विभिन्न स्टलहरु राखिने छ ।