२०८३ बैशाख २ गते बुधवार

निर्माण व्यवसायी भन्छन : राज्यको नितीका कारण काम गर्न समस्या भयो


दाङ,चैत १६ । निर्माण व्यवसायीहरुले राज्यको नितीका कारण काम गर्न समस्या भएको बताएका
छन् ।

दाङ निर्माण व्यवसायीको २२ औ साधारण सभा तथा १० औ अधिवेसनको
उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

विभिन्न बाहानामा समस्या भोग्नु परेकाले काम गर्न इच्छा हुदा हुदै पनि काम गर्न समस्या भएको
समेत बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङदोजी लामाले निर्माण व्यवसायीको बारेमा जानकारी गराउन नसक्दा निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

‘हामीले इमान्दारीता पुर्वका काम गर्दछौ तर त्यसका बारेमा वुझाउन नसक्दा हामीलाइ हेर्ने
दृष्टिकोण नकारात्मक छ’ उनले भने ‘सबैलाइ वुझाउन सकेमा निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्ट्रिमा परिवर्तन आउने सभावना छ ।’

राज्यले निर्माण व्यवसायीहरुलाइ काम गर्ने बातावरण वनाउनु पर्ने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिब रोशन दाहालले राज्यले पुजीगत खर्च
गर्न नसक्दा विकास निर्माणका काम हुन नसकेको बताए ।

यसको प्रभाव धेरै क्षेत्रमा परेको उनको भनाइ थियो । राज्यले निर्माण व्यवसायीहरु संग गरेका
सम्झौता कार्यान्वयन समेत नगरेको उनले बताए ।

‘राज्यले हामी संग भएको सम्झौता समेत कार्यान्वयन गरेको छैन’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले निर्माण व्यवसायीहरुले आफनो पेशालाई मर्यादित बनाउनु पर्ने बताए ।

निर्माण व्यवसायीहरुले काम गरे बाफतको रकम पाउनु पर्ने समेत बताए ।काम गर्दा उत्पन्न हुने समस्या समाधान गर्नका लागि स्थानिय प्रशासनले सहयोगबगर्ने समेत उनले बताए ।

‘समन्वय र सहकार्य गरेर अगाडि बढनु पर्दछ यसका लागि स्थानिय प्रशासनले सहयोग गर्दछ’ प्रजिअ बैद्यले भने ।

निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेश अध्यक्ष बलीभद्र रानाले निर्माण व्यवसायीलाई प्रदान गरिने लाइसेन्स व्यवस्र्थीत गर्ने जरुरी रहेको बताए ।

‘जथावाभी लाइसेन्स वितरण गर्दा समस्या हुदै गएको छ’ उनले भने । स्थानिय तह
वाट साइसेन्स वितरण गर्दा समस्या भएको उनको भनाइ रहेको छ ।

महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले काम
गरेको पैसा समयमा नपाउदा सास्या भोग्नु परेको बताए ।

‘काम गरेको पैसा पाउदैनउ कसरी अरु काम गर्ने’ उनले भने ।

कार्यक्रममा नेकपा एमालेका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज
आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष शुरेश हमाल, नविल बैकका शाखा प्रमुख मुरारी अर्याल, संघका पुर्व अध्यक्ष मिनकुमार वली लगाएतकाले मनतव्य राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष इश्वर पुनको
अध्यक्षतामा भएको थियो । व्यवसायी गोपाल घिमिरेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण डा लोकराज पराजुलीले गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रवाट योगदान पु¥याउने व्यक्ति तथा पुर्व अध्यक्ष संस्थापक अध्यक्ष समितीका सदस्यहरुलाइ सम्मान गरिएको थियो ।

अधिवेसनले नयाँ नेतृत्व समेत चयन
गर्ने भएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *