२०८२ असार ५ गते शुक्रवार

पत्रकार महासंघको स्थापना दिवशमा मैत्रीपूर्ण फुटबल

घोराही, चैत १६ । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ दाङको आयोजनामा घोराहीमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

जिल्ला शाखाको आयोजनामा रेडियो÷टिभी र पत्रिका÷अनलाईनमा कार्यरत पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता भएको हो ।

जसमा रेडियो÷टिभीको टीम बिजयी भएको छ । पत्रिका÷अनलाईन टीमलाई एक का विरुद्ध ४ गोलले पराजित गर्दै रेडियो÷टिभीको टीम बिजयी भएको हो ।

रेडियो÷टिभीको तर्फबाट रोशनमान श्रेष्ठले २, छवि पुरी र दिपक वलीले एक÷एक गोल गर्नुभएको थियो भने पत्रिका÷अनलाईनको तर्फबाट सविन प्रीयासनले एक गोल गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं निर्वमान अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित खेलाडीहरुलाई उपाध्यक्ष सन्तोष सुवेदीले स्वागत गरेका थिए भने समजिकरण सचिव आर।के।शीतलले गरेका थिए ।

प्रतियोगीतामा नवलपुर फुटबल एकेडेमीले प्राविधीक सहयोग गरेको थियो भने यूनिक बुढा मगर, गोपाल जि।सी र सुदीप नेपालीले एम्पाएरको भूमीका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *