तुलसीपुर,चैत १४ । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि.तुलसीपुरले मंगलवार वार्षिक स्थापना दिवस एंब रजत जयन्ती मनाएको छ ।
‘सहकारीको दिगोपना ः स्वनियमन र शुशासन’ भन्ने मुल नाराका साथ तुलसीपुरमा स्थापना दिवस एवं रजत जयन्ती मनाएको हो ।
उक्त कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीलाई उधमशिलतासंग जोडर लैजानु पर्ने बताएका छन ।
उनले सहकारी संस्थाहरुले योजनाबद्ध तरिकाले उत्पादनमा जान सकेमा मात्र सहकारी सस्था दिगो हुने बताए । ‘जबसम्म संस्थाका सदस्य व्यवसायीक र उधमशिल हुन्छन,तब मात्र त्यो सहकारी संस्था दिगो हुन्छ,उनले भने ।’
उनले सहकारीलाई सहकारीको रुपले बुझन् नसकेको तर्क गरे । ‘हामीले साच्चै सहकारीलाई सहकारीको रुपले बुझ्न सकिरहेका छैनं,हाम्रो बुझाई कमजोर रहेछ,उनले भने ।’
पछिल्लो समय समुदायस्तरमा आफ्नो आवश्यकताका आधारमा सञ्चालन गरिएका सहकारी दिगो रहेको बताउँदैं तिवारीले बाहिरबाट आएका कमिशनको लोभमा सञ्चालन भएका नयाँ सहकारीहरु धरासाही बन्दै गएको बताए ।
उनीहरुले सहकारीका मुल्य मान्यता सिद्धान्तलाई बुझ्न नसक्दा धेरै सहकारीहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।
उनले सहकारीलाई दिगो बनाउन स्थानीय पालिकासगं सहकार्य गरेर सेयर सदस्यहरुलाई उत्पादनमुखी बनाउन तर्फ जोड दिनुपर्ने समेत बताए ।
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष इन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनारकली मियाँ,लुम्बिनी प्रदेश सहकारी सघंका सचिव रुपबहादुर खत्री,तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डिराज लामिछाने,संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहाकार सुरेन्द्रबहादुर खड्का,जिल्ला सहकारी सघंका सचिव शुक्रराज भण्डारी, बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री,महिला सशक्तीकरण एवं समाज विकास नेपाल अध्यक्ष दिपा कुमारी केसी लगाएतले सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने भन्दै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेका छन् ।
स्थापना दिवस एवं रजत जयन्तीका अवसरमा संस्थाले जेष्ठ सेयर सदस्यहरु,विभिन्न सघंसस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष रन्जन कुमार गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब हेमराज गौतमले गरेका थिए ।
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि.तुलसीपुर २५ बर्ष पारी गरि २६ बर्षमा प्रवेश गरेको छ ।
यस संस्थामा ३ हजार २ सय ८७जना सेयर सदस्य रहेका छन ।