२०८३ बैशाख ६ गते आइतवार

पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत १४ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँमा भने आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम सफा छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने तथा अरु ठाउँमा सफा रहने छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रि– मनसुनका बेला मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *