२०८२ असार ७ गते आइतवार

८ बर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

दाङ, चैत १२ । रोल्पामा एक ८ बर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको लुङ्ग्री गाउँपालिका – ७ घर भइ रोल्पा नगरपालिका – ४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका बिष्णु गिरी आँफु बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा शनिबार दिसँसो मृत फेला परेका हुन ।

बालक गिरी स्थानीय होली भिजन बोर्डिङ स्कूलमा कक्षा यूकेजीमा अध्यनरत थिए ।

शनिबार दिउँसो तीन बजे आँफु बस्ने कोठामा उनीको आँफैले प्रयोग गर्ने स्कार्फले झुण्डिएको अवस्थामा बालक मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिए ।

बालक गिरी पढ्नका लागि भनेर आफ्नी अन्टी (आमाकी बहिनी) संग संगै बस्दै आएका थिए ।

उनका बुवा–आमा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरुलाई खबर गरिएको डिएसपी मगरले बताए ।

बालकको शब जिल्ला अस्पताल रेउघामा राखिएको तथा उनीहरु आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ ।

सामान्ने एउटा दलिनको किलोमा स्कार्फको प्वाँल अड्काइएको तथा बालकको घाँटीमा रहेको स्कार्फमा पछाडि कुनै गाँठो नपारिएको अवस्था देखिएको प्रहरीले बताएको छ ।

घटना बारे थप अनुसन्धान जारी रहेको र पोष्ट मार्टम रिपोर्ट पछि थप कुराहरु भन्न मिल्ने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *