२०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक

काठमाडौँ,चैत १० । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ।

सार्वजनिक तथ्यांकअनुसार नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ।

केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ।

त्यसैगरी, पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ।

जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनसंख्याको पूरा विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो।

त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *