२०८१ मङ्सिर २४ गते सोमवार

विश्व पानी दिवस : पानीका लागि मुहान संरक्षण पहिलो दायित्व

तुलसीपुर , चैत ९। ‘हाम्रा कुवाँ, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घनाबस्तीहरूमा परिणत भइसकेका छन् ।’

बढ्दो सहरीकरणले पानीको स्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । विश्वमा हुने रोगमध्ये सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ ।

चुरे उत्खनन् तथा विभिन्न विकास निर्माण र वन विनाशले गर्दा हाम्रा परम्परागत पानीका मुहानहरू सक्दै गएका छन् ।

त्यसप्रति सरोकारवालाहरू पनि चिन्तित छन् । पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जलबाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरोलगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै ।

पानी छैन त जिन्दगानी छैन, यस अद्भूत पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसात गर्दै बुधवार विश्व पानी दिवस मनाएको छ ।

‘पृथ्वीमा भएका सबै कुराभन्दा पानी महत्वपूर्ण छ ।’ भन्ने मूल नाराका साथ तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्था तुलसीपुरमा पुहानमै पुगेर पानी दिवस मनाएको हो ।

तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खानेपानी मानिसको पहिलो शर्त भएको भन्दै नेपालको संविधानले नै सुनिश्चित गरेको कुरा जनताले पाउनुपर्ने बताए ।

उनले पछिल्लो समयमा विभिन्न कारणले मुहानहरू सुक्दै गएको भन्दै अब मुहान संरक्षण गनुपर्ने बताए । ‘खानेपानीको वैकल्पिक व्यवस्था जमिन मुनिको पानी र यहाँको बबई नदी हो तर त्यो सबैका लागि कति सम्भव हुन्छ’, खड्काले भने । उनले खानेपानीका मुहान वरपर पानी सञ्चित गर्ने रूखविरूवाहरू लगाउनुका साथै पहिलो रोकथाम हुनुपर्ने बताए ।

खड्काले मुहानदेखि मुखसम्म शुद्ध पानी दिनुपर्ने बताए । खड्काले पहिलो कुरा पानी खानको लागि प्रयोग हुनुपर्ने भन्दै त्यसपछि सिंचाइ र अन्य प्रयोजनमा प्रयोग हुने बताए ।

‘अहिले मुहानका मानिसले पानी सिंचाइ गर्न पाउनुपर्छ भन्ने छ भने सहरकाले घर–घरमा पानी चाहेको छ ।’ उनले आवश्यकता हेरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का अध्यक्ष वीरेन्द्र शाहले खानेपानीको समस्या बजार क्षेत्रमा बढ्दै गएको बताए ।

उनले शुद्ध खानेपानी पु¥याउनु आफूहरूको दायत्वि भएको भन्दै मुहान संरक्षलाई जोड दिनुपर्ने बताए । ‘विश्व पानी दिवस पानी र सरसफाइ सङ्कट समाधान गर्न को लागि परिवर्तनको गतिको बारेमा केन्द्रित छ’, उनले भने ।

त्यस्तै कार्यक्रममा डिभिजन खानेपानी कार्यालयका अधिकृत राजकुमार पोख्रेलले विभिन्न रोगहरू पानीबाट लाग्ने भन्दै पानी शुद्धीकरण गरेर खानुपर्ने बताए । उनले खानेपानीको मुहान संरक्षणदेखि सरसफाई हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नंं. १० का वडाध्यक्ष यमराज केसी, इन्जिनियर बद्री कार्की, तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका सल्लाहकार जनकप्रसाद खराल, ईश्वरी गैरेले पछिल्लो समयमा खानेपानीको मुहान बेलैमा जोगाउन नसक्ने हो भने खानेपानीको हाहाकार हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष यमकान्त भण्डारीले पछिल्लो समयमा बबई खानेपानी आयोजनादेखि विभिन्न खानेपानीका मुहानहरू संरक्षण र बढाएको भन्दै खानेपानीको समस्या समाधान गर्न आफूहरू लागेको बताए । उनले जनतालाई शुद्ध खानेपानी पु¥याउन आफू लाग्ने बताए ।

संस्थाका सदस्य आशा जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार बालाराम खड्का, उपाध्यक्ष सिताराम शर्मा, कोषाध्यक्ष भोला थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सजीकरण सचिव सेवकराम भण्डारीले गरेका थिए । जलको अभावमा कुनै पनि प्राणी वा वनस्पती बाँच्न असम्भव छ । त्यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्मन मात्र होइन बाँच्नका लागि पनि स्वच्छ पानीको आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भएमा ८० प्रतिशत रोग नै नलाग्ने दाबी गरिन्छ ।

संविधानको मौलिक हकमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुनसकेको छैन । खानेपानीमा धारा माग गर्दा पानीको अभावले खानेपानीका धाराहरू जडान गर्न नसकेको हजारौँ उपभोक्ता छन् ।

‘खनेका कुवाँ सुकेका छन्, धारा माग गर्दा पानीको अभावले दिन सकिँदैन भन्ने कुरा आउँछ, सविधानको मौलिक हक पनि कार्यान्वयन हुन सक्दैन्’, स्थानीयले भने । ‘सरकाको एक घर एक धारा अभियान पनि कागजमै सीमित भएको नागरिक बताउँछन् । चुरेपहाड रित्तिँदै गर्दा त्यसमा वृक्षारोपण गर्ने योजना कसैको पनि छैन ।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *