२०८३ बैशाख २ गते बुधवार

विभेद अन्त्यका लागि सोचमा परिवर्तन ल्याउनुपर्छ : सांसद लोका विश्वकर्मा

दंगीशरण,चैत ८ । ५८ औं जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सबैधानिक तथा कानुनी ब्यबस्था कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम दंगीशरण गाउँपालिका हेकुलीमा सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सदस्य लोका बिश्वकर्माले  छुवाछुत अत्यका लागि  सोचमा परिवर्तन  हुनुपर्ने बताए ।

‘छुवाछुत  र जातिय विभेद अन्त्य गर्न संगै बसेर खाएर हुदनै,त्यसका लागि मानिसको सोचमा परिवर्तन हुनुपर्छ,संसाद विश्वकर्माले भनिन् ।’

उनले नेपालमा पनि २०६३ सालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको भन्दै त्यसलाई सवैले संस्थागत
विकास गर्नु पर्ने बताए ।

‘छुवाछुत गर्नेलाई कारवाही र कानुन पनि बनेका छन् तर त्यो लागुभने हुन सकेको छैन्,उनले भने।

उनले प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्न नसक्दा  छुवाछुत र भेदभावका घटना भईरहेको बताए।

  त्यस्तै उनले राज्यबाट बनाइएका नीति कार्यान्वयन गर्न गाउँपालिका अघि बढनु पर्ने बताए ।

सांसद विश्वकर्माले एकले अर्कोको अस्थितत्व स्वीकार गर्न नसक्दा र मानव भएर मानवताको जिवन शैलिमा
ढाल्न नसक्दा समस्या भएको बताए ।

उनले गाँउपालिकालाई दलित मैत्रि घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी सुशील बस्नेतले जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि गाउँपालिकाको भुमिका विषयक अबधारणा पत्र प्रस्तुत गरेका थिए   ।

त्यस अबसरमा उनले आफ्नो सीप  र कलाको माध्यमबाट नेपाली समाजलाई शौर्दयता प्रदान गरि स्वाभिमानी नेपालि हौ भन्ने पहिचान दिएको समुदायको रूपमा दलित समुदायलाई लिने गरिएको बताए ।

दलित समुदायले आफ्नो सीप मार्फत मठमन्दिरमा राखिने कलात्मक मुर्ती र कलात्मक बस्तुहरुको निर्माण गरि सस्कृतिको संरक्षणमा योगदान दिएको ,धार्मिक सस्कारलाई बहुमुल्य बनाई नेपाली समाजको मुल्य मान्यतालाई कायम राख्न महत्त्वपूर्ण योगदान दिएको बताए ।

उनले रास्ट्र एकीकरणको अभियानमा
यो समुदायको महत्त्वपूर्ण योगदान रहेको पनि बताए ।

कार्यक्रममा सहजकर्ता दलित अधिकारकर्मी निर्मल नेपालीले  लामो सययदेखी दलित अधिकारका निम्ति  वकालत गर्दै आएको बताए ।

उनले दलित जात होइन समुदाय भएको भन्दै यो मुद्धालाई साझा मुद्धा गराउनु पर्ने बताए ।

कार्यक्रममा नेका दङ्गिशरण ३ का सभापति मधुकर राना, दङ्गिशरण १ बाँकीका हरिप्रसाद बिकले जातीय भेदभाव विरुद्धका होडिङ बोर्ड ,सहभोज कार्यक्रम गर्नुपर्ने बताए ।

जातिय छुवाछुत अत्यका लागि दलित दलित विचको विभेद अत्य हुनुपर्ने समेत बताए ।

कार्यक्रममा दिलकुमारी बिक , भानु माविका सहमायक कैशास अधिकारी, पार्बता कंडेल  प्रमिता थापा, मुना बादी,पुस्पा परियार, गिता रेग्मीलगायतले पालिकाले दलित समुदायहरुका लागि बजेट छुटाएर जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

त्यस्तै गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी, दङ्गिशरण ७ का अध्यक्ष रमेश भण्डारीले  गाउँपालिकाका हरेक कार्यक्रम टोल टोलसम्म पुर्याउनु पर्ने र चेतना मुलक कार्यक्रम गर्न सकेमा विभेदलाई न्यूनिकरण गर्न सकिने बताए ।

त्यस्तै  दलित अधिकारकर्मी सोमराज विश्वकर्मा, आसा नेपाली ,अपांग उद्दार सेवा  सघका अध्यक्ष रेनुका बिक, समृद्ध समाज दङ्गिशरणका अध्यक्ष दिल कुमारी बिक, भिष्मा बस्नेत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

महिला बालबालिका शाखाका प्रमुख  सुनकुमारी घर्तीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सजिकरण सुचना अधिकृत टेबहादुर खत्रीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *