प्रमोद आचार्य, दगीशरण, चैत ८ । दंगीशरण गाउँपालिकाले आफ्नो १४ औ गाउँसभा सम्पन्न गरेको छ । सभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले ४ वटा प्रस्ताव प्रस्तुत गरेका थिए ।
निर्णयार्थ पेस गरिएका प्रस्ताबहरुमा आर्थिक बर्ष २०७९÷८० को संसोधित बार्षिक योजना तथा कार्यक्रम संसोधन प्रस्ताब ,आर्थिक बर्ष २०७९÷८० को अन्तिम लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनबाट औल्याइयका बेरुजुहरु फर्छ्यौट, गाउँ कार्यपालिका बैठक बाट पारीत निर्णयहरुको अनुमोदन, र गाउँपालिकाको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेक २०७९ सर्बसम्मत सभाले पास गरेको छ ।
आर्थिक बर्ष २०७९÷८० को आर्थिक बजेट पालिका उपाध्यक्ष पिमा खड्काले सभा समक्ष प्रस्तुत गरेकी थिइन । सरसफाइ तथा स्वच्छता सम्बन्धि बनेको बिधेक सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहले प्रस्तुत गरेका थिए ।
सभामा आर्थिक बर्ष २०७९÷८० को कुल बजेट ५० करोड ,४२ लाख, ४४ हजार,५ सय रुपैया अनुमान गरिएकोमा चालुतर्फ २९ करोड ६२ लाख ४६ हजार दुइ सय र पुजिगत तर्फ २० करोड ७१ लाख ९८ हजार तिन सय बिनियोजीत गरिएको थियो ।
१४ औ गाउँसभामा सहभागी जनप्रतिनिधि
सभाले कुल बजेट मध्यबाट जम्मा २ करोड,६४ लाख ४३ हजार ९ सय छ्यासी रुपैया संसोधन गरेको छ ।
पालिकाले चालु आर्थिक बर्ष २०७९÷८० को दोस्रो चौमासिकसम्म गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बिनियोजित ठुला आयोजनाहरुतर्फ सडक, पुल, भबनहरु, सबैको टेन्डर प्रक्रिया गरी निर्माणाधिन अबस्थामा रहेको,सामजिक सुरक्षा भत्ता बितरणलाइ ब्यबस्थित बनाउन प्रत्यक वडाहरुमा बैंकमार्फत दोस्रो चौमासिक सम्मको सामाजिक सुरक्षा भत्ता बितरण कार्य सम्पन्न गरेको, छोरी सम्मान कार्यक्रमबाट ७८ जना,सुत्केरी पोषण प्रोत्साहन कार्यक्रमबाट २ जना,उज्यालो आखा कार्यक्रमबाट ७७ जना ,कानको शिबिर संचालनबाट ७ जना लाभान्वित भएका छन् ।