२०८२ चैत्र ३० गते सोमवार

जेलबाट छुटेपछि पहिलो पटक गृहनगर घोराहीमा आउँदै पल साह

घोराही, चैत ७ । अभिनेता पल साह जेलबाट छुटेपछि पहिलो पटक गृहनगर घोराहीमा हुन थालेको सार्वजनिक कार्यक्रममा आउन थालेका छन् ।

चैत ९ गतेदेखि घोराही उपमहानगरपालिका वडा नं. १४ झिंगौरामा आयोजना गर्न थालिएको तीन दिने बृहत सांस्कृतिक कार्यक्रममा साह आउन थालेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम आयोजक संस्था डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको अभिनेता साहलाई निम्त्याइएको र उनले पनि आँफु आउने निर्णय दिइ सकेको अबगत गराएको छ ।

साह संगै कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा लगायतका कलाकारहरु आउने जानकारी दिइएको छ ।
स्थानीय अनाथ आश्रमको लागि सहयोग जुटाउने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *