२०८३ बैशाख ६ गते आइतवार

स्थापना दिवसमा रक्तदान गरिने

दाङ, चैत ६ । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५३ औ स्थापना दिवस तथा १८ औ साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यही चैत ९ गते रक्तदान गरिने संघका सदस्य तथा रक्तदान कार्यक्रम समितीका संयोजक जुद्धबहादुर घर्ति ( जगत) ले जानकारी दिए ।

रक्तदान गर्न इच्छुक सबैमा सहभागिताका लागि उनले आग्रह गरेका छन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर संघले स्थापना दिवस तथा साधारण सभाको अवसरमा रक्तदानको कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

संघले स्थापना दिवस तथा साधारण सभाको अवसरमा विभिन्न मैत्रिपुर्ण प्रतियोगीताहरु समेत सम्पन्न गरि सकेको छ । संघले चैत ९ गते स्थापना दिवस तथा ११ गते साधारण सभा गदै छ ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *