२०८३ बैशाख १७ गते बिहिवार

आइफोन चोरी गरेको अभियोगमा युवक पक्राउ

तुलसीपुर,चैत ६ । मोवाइल चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेका २० बर्षीय दुर्गा बिक रहेका छन् ।

बिकमाथि तुलसीपुर – ७ की सुस्मिता जिसी पुनको मोवाइल चोरी गरेको अभियोग रहेको छ । जिसीले चार्जमा राखेको मोवाइल आइफोन मोवाइल चैत २ गते राति चोरी भएको थियो ।

उजुरी पछि घटना अनुसन्धानका क्रममा बिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता पर्वत केसीले जानकारी दिए ।

बिकको बयानका आधारमा चोरी गरेको मोवाइल तुलसीपुर – १९ बिजौरीस्थित बाँसको झ्याङमा लुकाएको अवस्थामा प्रहरीले फेला पारिएको प्रबक्ता केसीले बताए ।

उनले तुलसीपुर क्षेत्रमा यसअघि बिभिन्न समयमा बिभिन्न ब्यक्तिका टिभी, मोवाइल र नगदसमेत चोरी गरेको कुरा सोधपुछका क्रममा गरेको हुँदा सरोकारवाला ब्यक्तिहरुलाई बोलाएर घटना अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भइ थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *