२०८३ बैशाख २ गते बुधवार

तुलसीपुरमा दर्जनौं घर बनाइसकेका महिला हेड मिस्त्री– लिला र सिला

तुलसीपुर,चैत ६ । कुनै समय हेल्परको रुपमा काम गर्ने तुलसीपुर ७ की लिला चौधरी अहिले हेड मिस्त्रीको रुपमा परिचित छिन । उनले घर निमार्णको काम गर्न थालेको दुई दशक बढी नै भयो । उनले धेरैका लागि दर्जनौं सुन्दर घरहरु निर्माण गरि सकेकी छन ।

सुरुमा बाध्यताले हेल्पर बनेर घर बनाउने काम सुरु गरेकी लिला अहिले हेड मिस्त्री बनिसकेकी छिन । ‘५/७ वर्ष हेल्परकै रुपमा काम गरे,काम गर्दै गर्दा मिस्त्री काम पनि सिके,’ लिलाले भनिन् ‘अब त आफै ठेक्का लिएर काम गर्छु ।’

२० वर्ष अघि ८० रुपैंयामा ज्याला पाउने उनले आज दैनिक एक हजार देखि पन्ध्र सयसम्म कमाउने भएकी छिन । लिलाले यो काम आफ्नै श्रीमान संगै पछि लागेर काम गर्दा गर्दै सिकेकी हुन । उनका श्रीमान जितबहादुर पनि घर बनाउने मिस्त्री नै हुन ।

‘श्रीमानले पहिले ट्याक्टर चलाउनु हुन्थ्यो,त्यसबाट राम्रो कमाई नभएपछि घर निमार्णको काम सुरु गर्नुभयो,’ उनले भनिन्,‘श्रीमानसगैं म पनि काम गर्न जान्थे,काम गर्दे जाँदा धेरै सघर्ष पछि हेल्परबाट मिस्त्री बन्न सफल भए।’

अहिले श्रीमान÷श्रीमती दुवै जनाले फरक–फरक ठाउँमा ठेक्का लिएर हेल्परको सहयोगमा घर निमार्णको काम गर्दै आएको लिलाले बताइन । साविकको मानपुर बनकट्टामा जन्मिएकी लिलाले घरको आर्थिक अवस्था कमजोर हुदाँ पढ्न÷लेख्न भने पाइनन् ।

तर उनी पढेलेखेका महिला भन्दा धेरै अब्बल छिन । पढ्न नपाएपनि सीप सिकेपछि महिलाले पनि पुरुष सरह काम गर्न सक्छन र आत्मनिर्भर बन्न सक्छन भन्ने एउटा उदाहरण बनेकी छिन ।

‘पहिले माइतीमा पनि आर्थिक अवस्था निकै कमजोर थियो,५÷६ वर्ष देखि १४ वर्षको उमेरसम्म अर्काको घरमा काम गर्न बस्नुप¥यो,’ उनले बिगत संझदै भनिन् ‘त्यो बेला बच्चा हेर्ने,भाडा धुने,खाना पकाउनेदेखि गाईगोरुको मल फाल्ने,घाँस काट्नेसम्म काम गर्नुपथ्यो,बालापनमा धेरै दुख्ख पाए ।’

आफ्नो ज्यानै पाल्न धौ–धौ हुने अवस्थाका कारण उनका अभिभावले उनलाई बिद्यालय पठाउन नसकेको उनले बताइन । उनले आज सीप सिकेपछि आत्मविश्वास बढेको र श्रीमान बराबर कमाउदाँ घर चलाउन निकै सहज भएको बताइन ।

‘केही वर्ष पहिलेसम्म महिलाले पुरुष जस्तै मिस्त्रीको काम गर्न सक्दैनन् भन्ने सोच थियो,’ उनले भनिन् ‘मिस्त्री पनि महिला हुन्छन् र भनेर सुरुमा धेरैले पत्याउँदैनथे, तर आज हाम्रो खोजी हुन थालेको छ ।’

आज महिलाले पनि हेड मिस्त्री भएर घर बनाउन सक्ने रहेछन् भनेर धेरै मानिस छक्क पर्ने गरेको उनले अनुभूति साटिन । बिद्यालयको मुख देख्न नपाएकी उनले नाप जोख गर्न र कुनैपनि कुरा लेखपढ गर्न भने जान्दिनन् ।

१४ वर्षको उमेरमा अर्काको घरमा काम गर्न बसेको बेला जितबहादुरसगं भागी विवाह गरेकी लिलाका २ छोराहरु छन । आज लिलाका दम्पत्तिले मिस्त्री काम गरेर डाँडापातुमै जग्गा किनेर आफ्नै घर बनाएका छन् ।

घर छुट्टीदा उनीहरुले घरको एक टुक्रा सम्पत्तिपनि नपाएको लिलाले बताइन । साना दुई छोरासहितद्ध अर्कैको घरमा भाडामा बसेपनि रातदिन मेहनत गरेर जोडेको पैंशाले उनीहरुले जग्गा किनेर आफ्नै घर निर्माण गरेका हुन । ‘ हामीले धेरै संघर्ष ग¥र्यौं र त्यहीबाट छोराहरुलाई पढायौँ,’ उनले भनिन्,‘अहिले जेठो छोरालाई कोरिया पठाएका छौँ,कान्छो छोराले विवाह गरिसकेको छ,उस्ले पनि साइकल स्टोरमा काम गर्छ।’

उनले आफुहरुले ठेक्का लिएर धेरै घरहरु बनाएको र आम्दानी पनि राम्रै गर्दै आएको बताइन । लिलालाई फागुन २४ गते ८ मार्चका दिन अन्तराष्ट्रिय महिला दिवसमको अवसर पारी तुलसीपुर उपमहानगरपालिकाले नगदसहित सम्मान पनि गरेको थियो ।

लिला मात्र होइन,तुलसीपुर ७ कै शिला चौधरी पनि मिस्त्रीका रुपमा महिला दिवसमा सम्मानित भएकी थिइन । शिलापनि विगत लामो समयदेखि हेड मिस्त्री कै रुपमा घर बनाउने काम गर्दै आएकी छिन ।

उनले पनि सुरुमा हेल्परको काम गर्दै मिस्त्री काम पनि सिकेको बताइन । उनले भनिन्,‘अहिले यही काम गरेर दैनिकी जिविकोपार्जन सहज भएको छ ।’ सीप सिकेपछि आत्मसम्मान बढ्ने शिलाको बुझाई छ ।

यस्तै संघर्षसिल महिलाका कारण आज दाङमा पनि घर निमार्ण गर्ने मिस्त्री महिलाहरुको सख्या क्रमिक रुपमा बढ्दै जान थालेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *