२०८१ बैशाख ६ गते बिहिवार

बाँदरको आक्रमणबाट दाङमा ३६ जना घाइते

तुलसीपुर, चैत ५ । दाङमा जंगली जनावर बाँदरको आक्रमण बढ्न थालेको छ । घरपालुवा कुकुर, बिरालोको तुलनामा पछिल्लो समय जंगली जनावर बाँदरको आक्रमण बढ्न थालेको हो ।

घरपालुवा तथा जंगली जनावरलाई मानिसलाई आक्रमण गर्न थालेपछि अस्पतालमा रेबिजविरुद्धको सुई लगाउन आउनेको संख्या बढ्दै गएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २ महिना अवधिमा कुकुर, बिरालो र बाँदरले टोेकेका ४ सय १६ जना मानिसले रेबिजविरुद्धको सुई लगाएका छन् ।

जसमा बादरले टोकेका  मात्र ३६ जना रहेका छन । कुकुर २३३, विरालो ४२ जना रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.ओम अर्यालले पछिल्लो समय बाँदरको टोकाईबाट घाइते बिरामी अस्पताल आउन थालेको बताए ।

जंगलमा खानेकुरा नपाएपछि वस्तीमा आएर मानिसलाई जंगली जनावरले आक्रमण गर्ने गरेको प्रमुख अर्यालले बताए ।

बाँदरले मानिसलाई तुलसीपुरको बजारमै टोकेको अस्पतालले जनाएको छ । बाँदरले वस्तीमै आएर आक्रमण गर्न थालेपछि स्थानीय नागरिक त्रसित भएका छन् ।

 

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *