२०७९ चैत्र १० गते शुक्रवार

राप्ती बबई क्याम्पसमा विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी

भोलि हुने निर्वाचन स्थगित

तुलसीपुर, चैत २ । स्ववियु निर्वाचनको पूर्व सध्यामा राप्ती बबई क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा र अनेरास्ववियुले क्याम्पस प्रशासनमा विभिन्न माग राखेर तालावन्दी गरेका हुन ।

उनीहरु बिच प्रत्यक्ष मतपत्रमा संगठन खुलाउने र नखुलाउने विषयमा विवाद भएको थियोे ।

त्यस्तै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयूक्त गठनवन्धनका उम्मेदवारहरुले क्याम्पसमा विद्यार्थीहरुको परिचय पत्र फर्जी रहेको र सो को चुस्त दुरुस्त छानविनको माग गरेका छन । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसका सभापति भिमार्जन बस्नेत र सचिब डिमन गिरिले प्रेस बिज्ञप्ति जारी गरेर क्याम्पसमा परिचय पत्र फर्जी रहेको र सो को चुस्त दुरुस्त छानविन नहुदासम्म ताला नखोल्ने बताएका छन ।

यसैबीच स्ववियु निर्वाचनमा संलग्न विद्यार्थी संगठनहरु विच मतपत्र सम्वन्धी फरक-फरक धारणा रही सहमति जुटन नसकेका मतदान स्थगित भएको निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिए ।

उनले अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि भोलि हुने मतदान स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *