दाङ, चैत ४ । नेपाल प्रेस युनियनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरको अभिव्यक्तिप्रति बिरोध जनाएको छ ।
युनियनले विज्ञप्ति मार्फत सभामुख घिमिरेको अभिब्यक्ति अपरिपक्क र अशोभनीय रहेको भन्दै आपत्ति जनाएको छ ।
सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसंगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन’ भन्ने अभिव्यक्ति दिएका थिए।
उनले मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको दाबीपनि गरेका थिए।
सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसंग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनुलाई सही मान्ने नसकिने युनियले उल्लेख गरेको छ ।
तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्धको अभिव्यक्ति गैरजिम्मेवार रहेको युनियनले बताएको छ ।
युनियले अपरिपक्व, गैरजिम्मेवार, अराजनीतिक अभिव्यक्ति नदिन, जवाफदेही रूपमा आफ्ना विचार राख्न, पत्रकारिता पेसालाई सम्मान गर्न ध्यानाकर्षण गराएको छ ।