२०८० फाल्गुन १२ गते शनिवार

अस्थायी प्रहरी पोष्ट प्रर्सेनी आफ्नै भवनमा सर्यो

तुलसीपुर, ३ चैत । अस्थायी प्रहरी पोष्ट पर्सेनी आफ्नै भवनमा सरेको छ । तुलसीपुर- ७ सुन्दरवस्ती रहेको भवनमा अस्थायी प्रहरी पोष्टको स्थानान्तरण गरिएको हो ।

भाडाको घरमा संचालनमा हुँदै आएको अस्थायी प्रहरी पोष्टलाई सुन्दरवस्तीमा रहेको साविकको नगर स्वास्थ्य केन्द्रको भवनमा सरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीको पहलमा अस्थायी प्रहरी पोष्टको भवन सारिएको हो ।

वडाअध्यक्ष जिसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको प्रमुख आतिथ्यता एवं प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रजिअ वैद्यले समाज र प्रहरी मिलेर शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए । उनले अब अस्थायी प्रहरी पोष्ट स्थायीको प्रक्रियामा गएको बताए ।

एसपी बिरबहादुर वलीले स्थानीयको माग अनुसार प्रहरी पोष्टको स्थानान्तरण गरिएको बताए ।

उनले जिल्लामा प्रहरीका ६८ वटा युनिटको रहेको बताउँदै पर्सेनीको प्रहरी पोष्टमा आवश्यक जनशक्ति थप पनि गर्ने बताए ।

स्थानीय जोगेन्द्र विश्वकर्मा, जेष्ठ नागरिक मागप्रसाद भुषाल र ललिता कडेँलले वस्तीको बिचमा प्रहरी पोष्ट हुँदा नागरिकले शान्ति सुरक्षाको अनुभुति गर्न पाएको बताए । अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउनुपर्ने स्थानीयको माग छ ।

कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *