२०८३ बैशाख ६ गते आइतवार

नेपाल कराते महासंघ लुम्बिनी प्रदेशको बैठक देउखुरीमा सम्पन्न

लक्ष्मण बस्नेत,तुलसीपुर,चैत ३ । नेपाल कराते महासंघ लुम्बिनी प्रदेशको प्रथम बैठक आज दाङको देउखुरीमा बस्यो ।

महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले यहि चैत १० देखि १२ गते सम्म चितवनमा हुने नेपाल कराते महासंघको केन्द्रिय साधारणसभा तथा अधिवेशनमा लुम्बिनी प्रदेश बाट मनोनित केन्द्रिय सदस्यका लागी हरि बहादुर घर्तीलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले अधिवेशन प्रतिनिधिमा संकर बिक,कृष्ण प्रसाद देवकोटा,बासुदेव बस्याल,मोलङ घर्तिमगर, कमला राणा र पर्वेक्षकमा केशवराज बिक लाई पठाउने सर्वसहमतिले निर्णय गरेको छ ।

साथै बैठकले अधिवेशन र अधिवेशनका अबसरमा हुने सातौ स्पोर्ट्स मिट कार्यक्रमलाई भब्य एवं सभ्य रुपले सम्पन्न गर्न केन्द्रिय निर्देशन अनुसार प्रत्यक जिल्ला बाट १०/ १० जना गरि लुम्बिनी प्रदेश बाट एक सय बिस जना सिनियर खेलाडी लाई सहभागी गराउने, महासंघको कार्यालय दाङमा स्थापना गर्ने लगाएतका निर्णय गरेको महासंघका अध्यक्ष पदम बहादुर बस्नेतले जानकारी दिए ।

यसैबिच सोही अबसरमा २०२३ मार्च ३ देखि ५ सम्म दुबईमा सम्पन्न अन्तरास्ट्रिय आमन्त्रित कराते प्रतियोगिताका कास्य पदक बिजेता मोहलाल थापा मगरलाई सम्मान गरिएको थियो ।

त्यस्तै राप्ती गाउँपालिका कराते परिवारले नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी लाई स्वागत तथा सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *