काठमाडौं,चैत २ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा पत्रकार खिला कार्की नियुक्त भएका छन् ।
राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी कार्की स्वकीय सचिवालयमा नियुक्त भएका हुन् । कार्कीलाई राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव डा. सुरेश चालिसेले बिहीबार नै स्वकीय उपसचिवको नियुक्तिपत्र दिएका हुन् ।
कार्की दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा छन् । कार्कीसँग राजधानी, देशान्तर, एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, नेपाल समय डटकमलगायतका मिडियामा काम गरेको अनुभव छ ।
यसैगरी, राष्ट्रपति निजी फोटोग्राफरमा अनिश रेग्मी नियुक्त भएका छन् ।
प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार