२०८३ बैशाख २ गते बुधवार

श्रमिक युवालाई तालिम

बाँके, चैत २ । निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई बाँकेको नेपालगंजमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।

सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले यूवाहरुनै ट्रेड यूनियन आन्दोलनको मेरुदण्ड भएको बताए ।
यूवाको रोजगारी अभिवृद्धिमा जोड दिंदै सीप, दक्षता र योग्यता वृद्धि तथा बढी भन्दा बढी युवा श्रमिकलाई संगठित गर्नु अहिलेको आवश्यकता रहेको उनको तर्क थियो ।

युवा श्रमिकमा ट्रेड युनियनप्रतिको आकर्षण बढाउन र ट्रेड युनियन आन्दोलनवारे बुझाउन तालिम आयोजना गरिएको सोलिडारिटी सेन्टर नेपालकी कन्ट्री डाइरेक्टर लुना रञ्जितले जानकारी दिइन ।

जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा एनटियुसी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, सोलिडारिटी सेन्टरकी बिनिता जिरेल, आईटियुसी एनएसीका रुपेश सिग्देल, जिफन्टका केन्द्रीय सदस्य पूर्ण केसी, बाँके इन्चार्ज सुमन गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष दानबहादुर ओली लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

तालिममा जिफन्ट, ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ आवद्ध १८ जना श्रमिक युवाको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *