२०८३ बैशाख १६ गते बुधवार

लुम्बिनीमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

पछिल्लो समय सञ्चार÷प्रविधिको दुरुपयोगले घटना बढे

तुलसीपुर,चैत २ । लुम्बिनी प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या वर्षेनी बढ्दो क्रममा देखिएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा ५ सय ४९ जनाले आत्महत्या गरेका छन ।

यसमध्ये झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या सबै भन्दा बढी छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशमा तीन वर्षमा ४ सय ३७ जनाले झुण्डिएर आत्महत्या गरेका छन ।

त्यस्तै विष खाएर १ सय १, हामफालेर ६, पानीमा हाम फालेर ÷डुबेर २, आगो लगाएर ३, हात हतियार तथा ।औजार प्रयोग गरेर २ जनाले आत्महत्या गरेका छन ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ सय ८० जनाले आत्महत्या गरेका थिए । ती मध्ये झुण्डिएर १ सय ३७, विष खाएर ३१, हामफालेर १, पानीमा हाम फालेर ÷डुबेर १, आगो लगाएर २, औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ सय ९४ जनाले आत्महत्या गरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा बढी हो । ०७८/०७९ मा १ सय ६१ जनाले झण्डिएर,विष खाएर ३१, हामफालेर १, पानीमा हाम फालेर ÷डुबेर १, आगो लगाएर १ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा १ सय ७५ जनाले आत्महत्या गरेका छन । यी मध्ये १ सय ३९ जनाले झुण्डिएर आत्महत्या गरेका छन ।

त्यस्तै विष खाएर ३१, हामफालेर ४, औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन । चालु आर्थिक वर्ष २०७९ सकिन केही महिना बाँकी रहेपनि अघिल्लो वर्षको तुलनामा यस वर्षपनि आत्महत्या गर्नेहरुको संख्या बढ्न सक्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

आत्महत्या र आपराधिक घटनाहरु रोकथामका लागि प्रहरीले समय–समयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेपनि पछिल्लो समय सञ्चार/प्रविधिको दुरुपयोग बढी हुदाँ र कतिपय घर–परिवारभित्र हुने हिंसाले पनि आत्महत्याका घटनाहरु बढीरहेको प्रहरी बताउँछ ।

नेपालमा प्रत्येक वर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छन । औसतमा दैनिक रुपमा १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *