२०८३ बैशाख २ गते बुधवार

बोकेको भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु

सल्यान, चैत १। सिकारीको भरुवा बन्दुक पड्किँदा सल्यानमा एक किशोरको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको गोली लागेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किँदा चित्रबहादुर घाइते हुन पुगेका थिए ।

जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गोली प्रहार गर्ने रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *