२०८२ असार ५ गते शुक्रवार

७५ बर्षीय बृद्धसंग बिहे गर्ने वाचा गरि लाखौंको जग्गा पास गरेकी महिला तारेखमा छुटिन

तुलसीपुर, फागुन २९ । दाङ लमहीका एक ७५ बर्षीय बृद्ध संग बिहे गर्ने बाचा गरि लाखौंको जग्गा आफ्नो नाममा पास गरेकी तुलसीपुरकी ३७ बर्षीया महिला तारेखमा छुटेकी छन ।

दाङको लमही नगरपालिका वडा नं. ९ का ७५ बर्षीय जानकीलाल बस्नेतसंग बिहेको नाटक गरि लाखौं मुल्य बराबरको १२ कठ्ठा १५ धुर जग्गा आफ्नो नाममा नामसारी गरेकी तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ बरुवागाउँकी ३७ बर्षीया ती महिला धरौटीमा छुटेकी हुन ।

दाङ जिल्ला अदालतले थुनछेक बहस मार्फत एक लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी तोकिएको धरौटी रकम बुझाएर तारेखमा छुटेकी हुन ।

मुद्दा पूर्पक्षका क्रममा एक लाख धरौटी माग भइ तारेखमा छुटेपनि मुद्दाको अन्तिम फैसला हुन भने बाँकी नै छ ।

न्यायाधिस रामप्रशाद बत्यासको इजालसबाट फागुन २७ गते उक्त आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।

 

यो पनि …

७५ बर्षे बृद्ध जस्ले तरुणीको मायाजालमा पर्दा गुमाए लाखौंको सम्पत्ति

 

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *