दाङ,फागुन २८ । गोरखा बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराहीले भाका नाघेका ऋणीहरुलाई एक महिनाको हर्जना छुट दिने भएको छ ।
संस्थाको आठौं सम्पन्न बैठकले चैत मसान्तभित्र भाका नाघेको ऋण बुुझाउन आउने ऋणीहरुलाई एक महिनाको हर्जना छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष कमल कुुमाखीले जानकारी दिए ।
कोभिड महामारी लगायत मुलुकको देखिएका आर्र्थिक मन्दी लगायतका कारण व्यापार व्यवसाय बन्द हुुने अवस्थामा पुगेकाले व्यावसायिक उत्थान तथा दिगो आर्थिक विकासमा टेवा पुु¥याउने उद्देश्यले संस्थाले उद्योगी व्यवसायी तथा अन्य सबै भाका नाघेका ऋणीहरुको यस्तो निर्णय गरिएको हो ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
