२०८३ बैशाख १६ गते बुधवार

तुलसीपुरको पुलचोकमा जारी श्रीमद्भागवत महापुराणमा भक्तजनको बाक्लो उपस्थिती

तुलसीपुर,फागुन २८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को पाचौं दिन आइतवार भक्तजनहरुको उपस्थिती बढेको छ ।

जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुरान तथा शिव चर्चा सञ्चालन गरेको छ ।

संस्थालाई जनमानसमा परिचित गराउने ,गरिब दुःखीहरुको लागि बासस्थान बनाउन निमार्ण र उनीहरुको उपचारमा केही सहयोग पु¥याउने मुख्य उद्देश्यले  श्रीमद्भागवत महापुराण  सञ्चालन गरिएको अभियानका अध्यक्ष तथा महापुराणका  संयोजक शेरबहादुर घर्तिमगरले जानकारी दिए ।

उनका अनुसार महापुराणमा दिनप्रतिदिन भक्तजनहरुको उपस्थिती बढ्दो क्रममा रहेको छ ।

जयशिव महाकालले यसै वर्षको कात्तिक महिना देखि तुलसीपुरको बसपार्कमा अशक्त,असाहय,गरिब,द्खीहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आइरहेको उनले  बताए ।

उनले यो अभियान तुलसीपुरसगै घोराही,लमहीको बसपार्कमा पनि सञ्चालन गर्ने तयारीमा रहेको पनि  बताए ।

महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहेका छन् भने उप कथावाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।

अभियानका अध्यक्ष घर्तिमगरका अनुसार आइतवार पाचौं दिनसम्म करिब ४ लाख बढी आर्थिक सकंलन भएको छ ।

श्रीमद्भागवत महापुराण फागुन ३० गतेसम्म सञ्चालन हुने छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *