२०८३ बैशाख २ गते बुधवार

तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः बुढाथोकी

तुलसीपुर,फागुन २७। तुलसीपुर यातायात प्रालि तुलसीपुर दाङको प्रथम साधारण सभा तथा अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ ।

अधिवेसनबाट तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः पवनराज बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार भएको अधिवेशनले बुढाथोकी अध्यक्ष सहित ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विष्णुमणि धितालले जानकारी दिए ।

सञ्चालक समितिको सदस्यमा छविलाल डाँगी,निमकुमार श्रेष्ठ ,राजु पाण्डे धनसिंह खत्री, भीमबहादुर डाँगी, भद्र बहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

समिति अध्यक्ष पवनराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरु वि.सं. २०५६ सालमा स्थापित तुलसीपुर जिप तथा माईक्रो मिनिबस बस व्यवसायी समिति हाल रुपान्तरित भई तुलसीपुर यातायात प्रा.लि.संस्थाले समयको बेगसंगै बिभिन्न आरोह अवरोह पार गदै बिभिन्न जिल्लामा सेवा दिदै आईरहेको बताएका थिए ।

प्रालिको सांगठनीक प्रतिवेदन सचिव निमकुमार श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कर्मचारीको तर्फबाट ससिधर पौडेल पत्रकार बालाराम खड्का वरिष्ठ अधिवक्ता विष्णुमणि धिताल, पूर्व सदस्य भद्रबहादुर खड्काले दाङको ग्रामीन क्षेत्र देखि विभिन्न राजधानीमा सेवा दिदै आएको प्रालिले अव थप गुणस्तरी सेवा दिनुपर्ने धारणा व्यक्तगरेका थिए ।

सो अवसरमा कर्मचारी प्रदिप गौतम, सुदन घर्ती, चालकहरु गेहेन्द्र चौधरी, विनोद केसी, भिमबहादुर डाँगी , टिकाराम सुनारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सञ्चालक समितिका सदस्य धनसिंह केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण नि.कार्यालय प्रमुख बलबहादुर केसीले गरेका थिए ।

त्यसैविच तुलसीपुर यातायात प्रालिका नवनिर्वाचित अध्यक्ष पवनराज बुढाथोकीले प्रथम साधारण सभा तथा अधिवेशन सफल पार्ने तथा निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सवैमा धन्यवाद दिएका छन् ।

उनले आगामीदिनका आफुहरुलाई दिने सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने बताएका थिए ।

त्यसैगरी नवनिर्वाचत पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ताले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *