सल्यान, फागुन २५ । सल्यानमा बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका ३ पालेखोला निवासी अन्दाजी १९ वर्षीय अजय वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोश खनालले जानकारी दिनुभएको छ ।
सल्यानको श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा तर्फ जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई संखमुल नजिकै ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका वलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार