२०८३ बैशाख ६ गते आइतवार

कोहलपुरमा एक पुरूषमाथि कुटपिट, दुई पक्राउ

बाँके,फागुन २३ । बाँकेको कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ सवा ५ बजे कोहलपुर नगरपालिका-११ न्युरोडस्थित होटल अतिथि अगाडि एक पुरूषमाथि ६-७ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

जाजरकोट बारेकोट गाउँपालिका-३ बस्ने ३५ वर्षीय अमरबहादुर खड्कामाथि कुटपिट भएको हो।

जावा लेखिएको रातो रंगको मोटरसाइकलमा सवार दुई जना र अन्य ४-५ जनाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ।

सिसाको बोतलले हान्दा टाउकोमा चोट लाग्दा खड्का गम्भीर घाइते भएका थिए।

उक्त खबरपछि इलाका प्रहरी कार्यालयबाट डिएसपी सुन्दर तिवारी नेतृत्वको टोली खटिएको थियो।

टोलीले घाइतेको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाएको थियो। त्यहाँबाट नर्सिङहोम नेपालगन्जमा रिफर गरिएको छ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

हुम्ला चङ्गखेली गाउँपालिका-३ बस्ने २४ वर्षीय मुकुन्द चौलागाई र कोहलपुर-१२ बस्ने २२ वर्षीय रोहित रोका मगर पक्राउ परेका छन्।

उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ। अन्यको प्रहरीले खोजी गरिरहेको डिएसपी घर्तीले बताए।

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *