२०८२ असार ६ गते शनिवार

तराईमा आज होली पर्व मनाइँदै

काठमाडौँ ,फागुन २३ । आज फागु शुक्ल पूर्णिमा अर्थात् तराईमा होली खेल्ने दिन। देशका पहाडी भागमा हिजो मनाइने होली पर्व तराईमा भने आज धुमधामका साथ मनाइँदै छ।

आज तराईका अधिकांश जिल्लाहरू: बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायतमा विशेष उल्लासका साथ होली पर्व मनाइँदैछ। तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ।

सरकारले यस पर्वको अवसरमा तराईका होली खेल्ले जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। हिजो पहाडी भागमा मनाइने होलीको अवसरमा पहाडी भागमा सार्वजनिक बिदा थियो।

होलीको अवसरमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन्।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *