२०८३ बैशाख २ गते बुधवार

शान्तिनगर गाउँपालिकामा भएको घटनाप्रति कांग्रेस क्षेत्र नं. ३ को गम्भिर ध्यानाकर्षण

तुलसीपुर,फागुन २२ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथी गरिएको अभद्र व्यवहार प्रति नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३का सभापति जगतबहादुर खड्का,नेका क्षेत्र नं. ३ ख का सभापति खिमबहादुर वलि र नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसीले सोमवार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलिले आफु र आफ्ना केही सहयोगीहरु लिएर गाउँपालिका अध्यक्षको कार्यकक्षमा छलफल गरिरहेको अवस्थामा टि–टेवुल जस्तो गम्भिर प्रकृतिको ठोस बस्तुले हान्न खोजेको अमर्यादित,अभद्र र दुव्र्यवहार प्रति गम्भिर ध्यानाकर्षण जनाएका हुन ।

‘जननिर्वाचित जनप्रतिनिधिले गरेका यस्ता असोभनिय क्रियाकलापप्रति खेद् व्यक्त गर्दछौं,जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘वडाध्यक्षले गरेका यस्ता निन्दनीय कार्यको धोर भत्र्सना एवं निन्दा गर्नुका साथै घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुनी कारवार्हीको लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।’

 

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *