२०८३ बैशाख ४ गते शुक्रवार

जेसिजद्धारा महायज्ञमा स्वास्थ्य सहायता कक्ष स्थापना

तुलसीपुर,फागुन २२ । तुलसीपुर उपमहानगर पालिका ६ गोलौरा स्थित शिव मन्दिरद्वारा आजदेखि फागुन २८ गतेसम्म संचालन हुन लागेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा तुलसीपुर नगर जेसीजले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिकराम वलीको अध्यक्षता तथा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल समितिका संयोजक लोकराज डाँगीको प्रमुख आतिथ्यता एबम् शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेश केसीको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रमको उदघाटन गरिएको हो।

तुलसीपुर नगर जेसीजका अध्यक्ष सल्लाहकार एबम स्वास्थ्य सहायता कक्ष कार्यक्रमका संयोजक पूर्ण बिक्रम डागीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महायज्ञ मूल समितिका संयोजक एबम् कार्यक्रमका प्रमुख अतिथी लोकराज डाँगीले तुलसीपुर नगर जेसीजको महान कार्यप्रति धन्यबाद दिदै समाजमा जेसीजले गरेको योगदानको प्रसंशा गरेका थिए।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका निबर्तमान अध्यक्ष केशबराज केसी,मन्दिर व्यबस्थापन समितीका अध्यक्ष गणेश केसी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए।

महायज्ञ अबधिभर भक्तजनहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ब्लड प्रेसर चेकअप,कसैलाई अकस्मात स्वास्थ्य समस्या एबम् चोटपटक लाग्नगएमा प्राथमिक उपचार गर्ने र जटिल समस्या देखिन गएमा अस्पताल सम्म लैजाने समेत ब्यबस्था गरिएको अध्यक्ष वलीले बताएका थिए।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका बरिष्ठ सल्लाहकार बिमल वलीले जेसीज आस्थापाठ गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव सन्दिप भुषालले गरेका थिए।

महायज्ञ अबधीभर संचालन हुने उक्त स्वास्थ्य सहायता कक्ष कार्यक्रमको स्वास्थ्य प्राबिधिक सहयोग र औषधीको सौजन्य तुलसीपुर स्थित नागरिक केयर हस्पिटलले गर्ने हस्पिटलका प्रतिनिधी लक्ष्मण ज्ञवालीले जानकारी गराएका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *