प्रमोद आचार्य,दंगीशरण,फागुन २१ । दंगीशरण गाउँपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण निती कार्यान्वयनका लागी दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा अभिमुखिकरण भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले लैंगिक समानताका लागी बनेका नितीहरुको कार्यान्वयननै अहिलेको मुख्य आवश्यक रहेको बताए ।
निर्वाचित भए पश्चात देखि महिलाहरुको सवालमा नितीगत निर्णय नै गरेर अगाडी बढेकाले पनि समानता तथा सामाजिक समावेसीकरणमा आफु दृढ रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा खड्काले आफु निरन्तर महिलाहरुको मुद्दा उठान गर्दै महिलामाथि हुने बिभेद तथा महिला हिंसाको अन्त्यका लागी लागीपरेको बताइन ।
भौतिक पूर्वाधारको विकासले मात्रै सम्पूर्ण विकास नहुने भन्दै गाउँपालिका उपाध्यक्ष खड्काले दिगो विकासका लागि मानविय विकास पनि आवश्यक रहेको बताएकी थिइन ।
उपाध्यक्ष खड्काले दिगो विकास लक्ष्य पुरा गर्न र पालिकाको योजना तर्जुमा प्रक्रियालाई लैगिक समानता तथा सामाजिक समावेसीकरण बनाउन पनि निती कार्यान्वयन अपरीहार्य रहेको बताएकी हुन ।
पालिकाभित्र रहेका जनप्रतिनिधि तथा वडा सचिवहरुसहित दिएको अभिमुखिकरण कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल दाङकी सुष्मा गिरीले लैङिक समानताका चुनौती, तथा निती कार्यान्वयनका समस्याहरुका बिषयमा प्रस्तुतीकरण दिएकी थिइन ।
कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखा दंगीशरणकी महिला विकास निरीक्षक चन्द्रा वलीले गरेकी थिइन ।