२०८३ बैशाख २ गते बुधवार

तुलसीपुरमा खुकुरी प्रहार हुँदा एक युवक घाइते

तुलसीपुर,२१ फागुन । दाङको तुलसीपुरमा खुकुरी प्रहार हुँदा युवक घाइते भएका छन् ।

दाङ तुलसीपुर– ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षीय दिपेश कौसल घाइते भएका हुन् ।

आईतबार बेलुकी ५ बजेतिर खुकुरी प्रहार हुँदा घाइते भएका कौसलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

उनीमाथि तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुषाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पीडित परिवारले जानकारी दिएका छन् ।

घटनाको विषयमा छानविन भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *