२०८३ बैशाख ३ गते बिहिवार

कलशद्वारा दाेलखा जिल्ला सहकारी संघ र जनसचेतना साकाेशकाे अवलाेकन

विमल याेगी,दाङ फागुन २१। दाङबाट सहकारी अवलोकनमा लागि पूर्वि नेपालका विभिन्न जिल्लामा पुगेकाे कलश बचत तथा ऋण सहकारी संस्थाले आज जिल्ला सहकारी संघ दाेलखासंग अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

देशका विभिन्न जिल्लामा रहेका ठुला र राम्रा सहकारी संस्थाले गरेका कामकाे अवलाेकन गरि सिकाई आर्जन गर्ने उदेश्यले आयाेजित भ्रमणका क्रममा उक्त सहकारी संघसंग कार्यक्रम गरिएकाे हाे ।

साे अवसरमा संघका अध्यक्ष हेमन्त चाैलागाईले दाेलखामा हाल करिव चार सय ५० वटा सहकारी संस्था रहेकाेमा जिल्ला सहकारी संघमा चार सय आठ वटा आवद्ध रहेकाे जानकारी दिए।

ती संस्थामा ७७ कराेडकाे सेयर पुँजि र ६ अर्व बढिकाे बचत रहेकाे छ । भने ती संस्थाले १५ अर्व बढिकाे आर्थिक काराेवार गरिरहेका छन् । दुई लाख ७५ हजार सेयर सदस्य रहेका ती संस्थामा आठ सय जनाले प्रत्यक्ष राेजगारी पाएकाे उहाले बताए।

दाेलखाका अधिकांश नागरिक सहकारीमा आवद्ध रहेकाे अध्यक्ष चाैलागाईले जानकारी दिए । साे अवसरमा संस्थाका व्यवस्थापक राज कुमार दाहालले जिल्ला सहकारी संघले जिल्लाकाे सहकारी सम्वन्धि सूचना एकीकृत गर्न सूचना डायरी प्रकाशन,स्थानिय वस्तुको प्रवद्धनका लागि त्यहा पाईने यार्सागुम्बा,किवि र सुन्तलाकाे काेशेली घर स्थापनाकाे तयारी गरिरहेकाे बताए ।

साे कार्यक्रममा कलशका अध्यक्ष बालचन्द्र शर्माले कलश साकाेस दाङले गरिरहेकाे कार्य र दाङ जिल्लाकाे भाैगाेलिक तथा पर्यटकिय क्षेत्रका वारेमा जानकारी दिदै सहकारीमा देखिएका आर्थिक तथा कानुनी समस्या र समाधानका लागि संस्थाले खेल्न सकिने भूमिकाका वारेमा धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव कृष्णप्रसाद दाहालले पनि बाेलेका थिए ।

भ्रमण टाेलिले दाेलखाकै सवै भन्दा ठुलाे सहकारी संस्था जनसचेतन साकाेश चरिकोट सेवा केन्द्रकाे समेत अवलोकन गरेकाे थियाे ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *