२०८३ बैशाख २ गते बुधवार

आत्मनिर्भर लघुबित्त बित्तीय संस्थाको वार्षिक समिक्षा शुरु

घोराही,फागुन २१ । आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को अर्ध बार्षिक समिक्षा गोष्ठी कार्यक्रम आइतवार देखि घोराहीमा शुरु भएको छ ।

आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लि।का प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरी अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

२ दिनसम्म संचालन हुने कार्यक्रमको उद्घाटन सत्रमा आज लघुबित्तमा भएका गतिविधि, महत्त्व, चुनौती र अबसरका साथै आगामी दिनमा संस्थाले गर्नुपर्ने काम, कर्तब्य लगायतको बिषयमा योजना सहित महत्त्वपूर्ण छ्लफल तथा अन्तरक्रिया भएको छ ।

संस्थाका कर्जा अधिकृत बिनय चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका स्वतन्त्र संन्चालक गोमा महरा,संस्थाका मिरा चौधरी लगायतले आफ्नो भनाइ राखेकी थिइन भने कार्यक्रमको सहजीकरण संस्थाका कर्जा अधिकृत कालिदास चौधरीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *