तुलसीपुर, फागुन २१ । तुलसीपुर क्षेत्रमा समाजसेवा, राजनिति र विकाशका अनुयायी जय पृथ्वी वहादुर शाहको शुक्रवार उपचारका क्रममा निधन भएको छ ।
उनको शनीवार तुलसीपुर उपमहानगरपालिका शितलपुरको ववइ घाटमा अन्त्येष्ठि गरियो । सयौंको सहभागितामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, क्षेत्रीय सभापति, नगर समितिका पदाधिकारी तथा अन्य राजनितिक दलका नेता तथा सयौं सामाजिक अभियन्ताहरु उनको अन्तिम श्रद्धान्जलीकालागी ववइ घाट पुगेका थिए ।
उनका समकक्षि टिकाराम न्यौपानेका अनुसार शाह जाजरकोटे राजाका सन्चान हुन् । तुलसीपुर बसाइसराइसंगै उनको तात्कालिन अन्चलाधिससंग संगै बसेर काम गरेको अनुभवत उनका समकक्षि टिकाराम न्यौपानेसंग अनुभव छ ।
शाह अन्चलाधिस कार्यालयमा रहंदा न्यौपाने राप्ती अन्चल अदालतमा जागिरे थिए । विसं २०१९ शालदेखि सामिप्यता भएका न्यौपानेले शाहलाइ सामाजिक अभियन्ता, विकाश प्रेमी अगुवा तथा धार्मिक आचरणका अनुवाइका रुपमा पनि स्मरण गर्दछन् ।
‘हामीहरुबीच विसं २०१८ शालदेखिको सामिप्यता थियो, धेरैबर्ष हामीलेसहकार्य गर्यौ’ समकक्षि न्यौपानेले भने, उहांको प्रेरणाले हामीले तुलसीपुरमा एउटा सामाजिक सद्भाव कायम गर्न सक्यौं । न्यौपानेका अनुसार तात्कालिन अन्चलाधिसका विश्वासपात्र समेत रहेका शाह खरीदार सम्मको पदमा रहेर अन्चलाधिस कार्यालयमा काम गरे । पछि निवृत्त हुंदा उनी अधिकृत सम्मको तहमा पुगेका थिए ।
पदमा रहंदा र नरहंदा पनि शाहको योगदानमा उत्तिकै सन्तुलन रहेको पनि न्यौपानेको स्मरण छ । शाह निबृत्त भएपछि विभिन्न संघसंस्था र टोल विकाश संस्थाको अगुवा पनि गरे ।
सनातन हिन्दु संस्कृतिको जगेर्नासंगै अद्धैत संस्थामा पनि शाहले कम्तिमा एक दशक निरन्तर नेतृत्व लिएर योगदान पनि गरे । ‘उहांको निधनले मैले अशल अनुयायी गुमाएको छु’, उहांको प्रेरणालाइ सधै आत्मसात गर्ने छु’,त्यौपानेले भने ।
त्यसैगरी नेपाली कांग्रेसका पुर्वसभापति कृति वहादुर खड्का पनि शाहका निकटका अनुयायी हुन् । पछिल्लो राजनितिक परीवर्तन पछि शाह नेपाली कांग्रेसको निकट भएर आफुहरुलाइ सामाजिक उत्प्रेरणा दिएको पनि निवर्तमान कांग्रेस सभापति कृति वहादुर खड्काले बताए ।
खड्का पनि शाहलाइ अन्तिम श्रद्धान्जली दिनववइघाट पुगेका थिए । ववइ घाटमा अनत्येष्ठि हुंदा नेपाली कांग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी, जिल्ला सभापति शंकर प्रसाद डांगि, क्षेत्रीय सभापति जगत वहादुर खड्का, नेपाली कांग्रेस नेता केशव आचार्य, शंकर गिरी, प्रदेश सभा सदस्य तथा लुम्विनी प्रदेश नेपाली कांग्रेस संसदिय दलका नेता डिल्ली वहादुर चौधरी, प्रदेश सभापतिहरु खिम वहादुर वली, देवेन्द्र रिजाल, महाधिवेशन प्रतिनिधिहरु विमल रिजाल, टिका घर्ति लगायत उद्योगी व्यवसायीहरु, अन्य राजनितिक दलका नेताहरु लगायत धेरै नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच एउटा सामाजिक अभियन्ता एवं पछिल्लो समयमा नेपाली कांग्रेसका अभिभावकका रुपमा रहेका श्रद्धेय अभिभावक जय पृथ्वी वहादुर शाहको निधनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री दिपक गिरीले गहिरो शोक व्यक्त गरेका छन् ।
उनले शोक विज्ञप्ती जारी गर्दे अभिभावक गुमाएको पिडाले आफु मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले शोकसन्तप्त परीवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै उहाको सवै क्षेत्रको योगदानको उच्च सम्मान व्यक्त गरेका छन् ।
त्यसैबीच नेपाली कांग्रेस नगर समिति, नेपाली कांग्रेस क्षेत्रीय समिति, लगायतका विभिन्न संघसंस्थाहरुले पनि शोक विज्ञप्ती जारी गरी शाहको निधनले समाजमा अपुरणिय क्षति पुगेको विज्ञप्ती मार्फत जनाएका छन् ।
शाहका चार छोरी र दुइ छोरा छन् । छोरा विरेन्द्र शाह तुलसीपुर उपमहानगरपालिका—५ का वडाध्यक्ष हुन् भने छोरा ललित शाह तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् ।