घोराही ,फागुन २१ । प्रेस सेन्टर नेपाल, दाङ शाखाले यही फागुन २७ गते साधारणसभा गर्ने भएको छ ।
सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा आज घोराहीमा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकले साधारणसभाको मिति तय गरको हो ।
बैठकले साधारणसभाको अवसरमा संगठनका केन्द्रीय संस्थापक एवम् वर्तमान केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मालाई सम्मान गर्ने निर्णय गरेको छ ।
साधारणसभा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गरिएको छ । अध्यक्ष पाण्डव शर्मा संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जसको सदस्यमा सचिव जनक नेपाली, कोषाध्यक्ष जीवन नेपाली, कार्यालय सदस्य गिरिराज नेपाली र घोराही नगर अध्यक्ष सन्तोष डाँगी रहेका छन ।
त्यसैगरि सचिव जनक नेपालीको संयोजकत्वमा दीपक बोहोरा, गिरिराज नेपाली, सन्तोष डाँगी र हेमराज परिवर्तन सदस्य रहेको कार्यक्रम व्यवस्था उपसमिति गठन गरिएको छ ।
उपाध्यक्ष अनिता पोख्रेलको संयोजकत्वमा राजेश चौधरी, अस्मिता नेपाली, देवका परियार र सुमन केसी सदस्य रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष दामोदर बस्नेत ‘राकेश’ को संयोजकत्वमा उदय बीसी, भागवत भट्टराई, पुष्पा पौडेल र शान्तकुमार बुढा सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
त्यसैगरी सह–सचिव दीपक बोहोराको संयोजकत्वमा विकाश डाँगी, आलोक भावुक भुकम्प, रोम थापा, वर्षा मगर, कमल कंवर र उदिराम चौधरी सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।