२०८१ मङ्सिर २८ गते शुक्रवार

तुलसीपुरको हात्तीखौवामा ‘बिप्लव’को चक्का जाम (तस्बिरहरु)

तुलसीपुर, फागुन २१ । सडक निर्माणको माग गर्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तुलसीपुरको हात्तीखौवामा चक्का जाम गरेको छ । नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि ११ ः ३० बजेसम्म तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्का जाम गरेको हो ।

तुलसीपुर – घोराही चार लेन सडक खण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै गरिएको चक्का जामका कारण सर्वसाधारण आधा घन्टा सडकमै रोकिनु परेको थियो ।

तुलसीपुर–घोराही चार लेन सडक खण्ड समयमै निर्माण कार्य पुरा नहुँदा सर्वसाधारणले सास्ति बेहोर्दै आएका छन् । धुलोबाट जोगिन आजकालका गर्मीदिनमा पनि मोटरसाइकल लगाएत साना सवारी चालकले बर्षादी लगाउनु पर्ने अवस्था छ ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रा.लिले पाएको छ। यो पनि पुरै चारलेन छैन । कतै चारलेन त कतै दुईलेन बनाउने सम्झौतामा उल्लेख छ।

सन २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनामा सडक निर्माणको काम पुरा गर्नुपर्ने उल्लेख छ । तर हालसम्म भौतिक प्रगतिको काम दस प्रतिशत पनि हुन सकेको छैन। सडकको दायाँ बाँया खनेर भत्काइएको हुँदा यो सडक खण्ड पछिल्लो समय निकै जोखिम युक्त बनेको छ ।

यो अबधिमा मात्रै २५ जना बढीको सवारी दुर्घटनामा मृत्यु भइ सकेको प्रहरी बताउँछ । सुख्खा मौसममा धुलाम्मे र बर्षामा सडक खण्ड हिलाम्मे हुने गर्छ ।

तथ्यले हालसम्म पेटी ठेकेदारमार्फत काम गर्दै आएको छ। तर, पछिल्लो समय भने काम ठप्प रहँदै आएको छ। यो बीचमा ६ जना पेटी ठेकेदार परिवर्तन भइसकेका छन् । यही अन्यौंलका बीच नेकपाले छिटो सडक खण्ड निर्माण गर्न माग गर्दै चक्का जाम गरेको हो ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *