तुलसीपुर, फागुन २० । दाङको शान्तिनगर गाउँपालिका वडा नं। २ का वडाध्यक्ष सुनिल वलीले आँफुले सोचे र भने अनुरुप खोलाबाट बालुवा गिट्टी उठाउन नपाएको झोकमा गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएको छ ।
गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी र गाउँपालिकाका प्रबक्ता मिनबहादुर केसीले संयुक्त बिज्ञप्ति स्वतन्त्रबाट निर्वाचिन वडाध्यक्ष वलीले शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिृकत डिल्ली खड्कालाई कार्यकक्षमै आक्रमणको प्रयास हुनुको मुख्य कारण आँफुले मनोमानी गर्न नपाएको परिनाम भएको दोषारोपन गरेका छन् ।
शनिबार बसेको गाउँ कार्यपालिकको बैठकपछि जारी बिज्ञप्तिमा वडाध्यक्ष वलीले आफ्ना केही समर्थकसहित कार्यकक्षमै प्रबेश गरि गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि आक्रमणको प्रयास गरेको भन्दै त्यसको प्रमुख कारण स्थानीय बौलाहा खोलाको बिष्णुपुर घाटमा खोला जन्य पदार्थ उत्खनन् गर्न नपाउनु नै भएको दाबी गरेको छ ।
ठेक्का लगाइएकोमा वडाध्यक्ष वलीले त्यसको बिरोध गर्दै आएको तथा वडाध्यक्ष वलीले ठेक्का मार्फत नभइ आँफुले नै अमानतमा खोला जन्य पदार्थ उठाउन पाउनु पर्ने भन्दै बारम्बार दबाब दिदै आएको बिज्ञप्तिमा उल्लेख छ ।
त्यसका साथै वडाध्यक्ष वलीले सो क्षेत्रमा आँफु निकटका ब्यक्तिहरुलाई गाउँपालिका मार्फत तलव खुवाउने गरि नियुक्त गर्न दबाब दिदै आएकोमा त्यो कार्य कानुन बिपरित हुने भन्दै समर्थन नजाएको झोकमा उनीहरु माथि आक्रमणको प्रयास भएको आरोप लगाइएको छ । उनीहरुले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको मागपनि गरेका छन् ।
त्यस्तै घटनाको बिरोध गर्दै शनिबार बसेको पेशागत संगठनहरुको संयुक्त बैठकले कार्यालयमा काम गर्ने सुरक्षित कार्यवातावरण नहुँदासम्म अत्यावश्यक सेवा बाहेक आइतबारदेखि नै अन्य सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन स्थानीय कार्यसमिति शान्ति नगरका अध्यक्ष कृष्णकुमार कँडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय कार्यसमिति शान्तिनगरका संयोजक पृथ्बी नारायण पौडेल, नेपाल निजामति कर्मचारी संगठन स्थानीय कार्य समिति शान्तिनगरका संयोजक देवराज आचार्यले दोषीलाई तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरुवात नगरेसम्म कामकाज नगर्ने चेतावनी दिएका छन् ।