२०८२ चैत्र ३० गते सोमवार

दलित पत्रकार सघं दाङले मनायो १२ औं स्थापना दिवस

तुलसीपुर,फागुन २० ।  “लोकतन्त्रको मुल आधार,समान सहभागीता र बिभेदमुक्त समाज ः अभिब्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिताको हाम्रो आवाज” भन्ने मुल नाराका साथ राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाले १२ औं स्थापना दिबस मनाएको छ ।

संघले शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सांसद प्रचण्ड बिक्रम न्यौपानेले गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले जातिय छुवाछुत अन्त्य गर्न दलितको हकअधिकारका लागि संसदमा आवाज उठाउने बताए । ‘छुवाछुत मान्छे मारेको भन्दा ठुलो अपराध हो,उनले भने,‘हाम्रा पुर्खाहरुले बनाएको मान्यतालाई अब हामीले नै अन्त्य गर्नुपर्छ ।’ उनले संविधानमा जातिय छुवाछुत हुदैन भनेर लेखेका कुराहरु व्यवहारमा उर्तान सकेमा मात्र विभेदमुक्त समाज निमार्ण गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले जबसम्म समाजको मानसिकता परिवर्तन हुदैन तबसम्म परिवर्तन सम्भब नरहेको बताए । ‘युग परिवर्तन भैसक्यो,१ सय बर्ष बितिसक्दा पनि अबस्था परिवर्तन हुन नसक्नु दुःखद पक्ष हो,उनले भने ।’

अझैपनि छुवाछूतले समाजमा जरा गाडेको बताउँदै गौतमले यसलाई चिर्न अब दलित पत्रकारसगैं अन्य पत्रकारहरुको पनि भुमिका महत्वपुर्ण रहने बताए ।

त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले छुवाछूत अन्त्यका लागि समाजका प्रमुखहरुलाइ झक्झकाउन जरुरी रहेको बताउ । उनले दलित पत्रकारहरुलाई आफ्नो पेसाप्रति जागरुप गराउन पत्रकार महासंघले विभिन्न समयमा–विभिन्न तालिम तथा कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउ ।

त्यस्तै अको¥यावका केन्द्रिय सदस्य संगीत बस्यालले दलित पत्रकारहरुको समाजमा उपस्थिति प्रशंसा योग्य रहेको बताए । राष्ट्रिय दलित पत्रकार सघ दाङका अध्यक्ष वसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधब वलिले तुलसीपुर उपमहानगरपालिकाले दलितहरुको अधिकार र सशक्तीकरणको लागि विधेयक बनाइसकेको र उक्त बिधेयकलाई टेकेर छुवाछुत बिरुद्धका कार्यहरु सञ्चालन गर्ने बताए ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब एब दलित अधिकारकर्मी निर्मल नेपालीले दलितको मुद्दालाई स्थापित गर्न पत्रकारको भुमिका महत्त्वपूर्ण रहने बताए ।

उनले दलितलाई सबिधानले दिएको हकअधिकार र छुट्याउदै आएको बजेटलाई सरकारले बन्चित गराउन नहुने पनि बताए । उनले दलित भन्ने शब्दबाट बिचलित हुन नहुने समेत धारणा व्इक्त गरे ।

कार्यक्रममा एकीकृत समाजबादिका देउमन दमाई,दलित अधिकारकर्मी युवा कराराले छुवाछूत मुक्त राष्ट्र घोषणा हुँदै गर्दा समाज विभेद मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

जनजाति पत्रकार संघ दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले दलित पत्रकारहरुले आफ्नो जातियता भित्रको अधिकार सुनिश्चित गर्न लाग्नु पर्ने सुझाव दिए ।

त्यस्तै दलित अधिकारकर्मी एवं कानुन ब्यबसायी गोपाल नेपालीले बदलिएको ब्यबस्था भित्र दलित समुदाय भित्र हुने नमुना घटनाहरु भने नबदलिएको तर्क गरे ।

कार्यक्रममा दलित अधिकारकर्मी खेमराज बिस्वकर्मा,जनपत्रकार सघ नेपाल दाङका जिल्ला इन्चार्ज हेमन्तप्रकाश वलिले राज्यमा सहभागिताले मात्र दलितको उत्थान हुन नसक्ने तर्क गरे ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष मानबहादुर रावतले समाजबाट दबिएका आवाज बाहिर ल्याउन पत्रकारहरु जागरुप भएर लाग्नुपर्ने बताए ।

दलित पत्रकार सघं दाङका बरिष्ठ उपाध्यक्ष गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले ब्यबस्था बदलिएपनि समाजमा दलितको अबस्था उस्ताको उस्तै रहेको बताएका थिए । उनीहरुले बनेका कानुनहरु ब्यबहारमा कार्यान्वयन हुन नसक्दा दलित समुदायको उत्थान हुन नसकेको पनि बताएका थिए ।

उक्त कार्यक्रको सहजीकरण सघंका जिल्ला सचिव अर्जुन परियारले गरेका थिए ।

यसैबिच दलित पत्रकार सघं दाङको स्थापना दिवसका अबसरमा ५ जना पत्रकार सहित विभिन्न व्यक्तीहरु सम्मानित एवं पुरस्कृत भएका छन ।

सघंले पत्रकार देबिका परियार र रमा नेपालीलाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै सघंका पुर्व जिल्ला उपाध्यक्ष लक्ष्मण विश्वकर्मा,जनक नेपाली,सुबास परियार,युबराज नेपाली,नारायण परियार,अरुण कुमार नेपाली र धुर्ब राज न्यौपानेलाई सम्मानित भएका छन ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *